+
+

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १७:३२

५ कात्तिक, काठमाडौं । बारामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना.५० प २५७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरको चुरियामाई-१ घर भएका २५ वर्षीय सञ्चालाल गोले रहेका छन् ।

गोले सवार मोटरसाइकललाई जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा नम्बर नखुलेको  टिपरले बुधबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपरसहित चालकको खोजी भइरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?