+
+

नवरात्रको सातौं दिन : उग्र स्वरुपकी सुख दायिनी देवीको पूजा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते ८:३४

काठमाडौं । नवदूर्गाको सप्तम रूपको नाम हो कालरात्रि । यी देवीको अति भयावह तथा उग्ररूप रहेको छ। सम्पूर्ण सृष्टिमा यस रूपभन्दा धेरै भयावह अरु केहीपनि छैन भन्ने देखाउनकोलागि कालरात्रिको स्वरुप देखाउने गरिन्छ । तर, यो स्वरुपले मातृत्व भावलाई समेत समेट्ने गरेको छ । यी देवीको यो रुपले ज्ञान र वैराग्य प्रदान गर्ने विश्वास छ । यसमा आवश्यक पर्दा आफ्ना संरक्षकहरुले देखाउने रौद्र रुपको संकेत गर्न खोजिएको छ ।

जतिधेरै भयंकर स्वरुप यी देवीको छ, त्यति नै यी देवी सुख दायिनी रहेकी छिन् । सोही कारणले यिनको एक नाम ुशुभंकरीु समेत हो । राक्षसी प्रवृत्ति विरुद्ध भयंकर स्वरुप भएकी यी देवी आफ्ना भक्तहरुप्रति भने एकदमै दयालु रहेको मान्ने गरिन्छ । दानव, दैत्य, राक्षस, भूत, प्रेत आदि कालरात्रिको स्मरण मात्रैले पनि भयभीत हुन्छन् भन्ने मान्यता छ। यी देवीलाई ग्रह(बाधाहरुबाट समेत मुक्ति दिने देवीको रुपमा लिने गरिन्छ । यी देवीको उपासहरुलाई अग्नि(भय, जल(भय, जन्तु(भय, शत्रु(भय, रात्रि(भय आदि कहिलैपनि नहुने धार्मिक विश्वास छ ।

कालरात्रि स्वरूपको पूजा विधि

कालरात्रिको पूजाको क्रममा नवग्रह,  दशदिक्पाल,  देवीको परिवारमा उपस्थित देवी देवताको पूजा सबैभन्दा पहिले गर्नुपर्दछ । त्यसपछि मात्रै देवी कालरात्रिको पूजा गर्नुपर्दछ । दुर्गा पूजामा सप्तमी तिथिको एकदमै महत्व बताइएको छ । यस दिनबाट भक्तजनहरुको लागि देवीको ध्यान केन्द्रीत हुने भएकोले यस दिनपछि मात्रै कालरात्रिको पूजा सुरु गरिन्छ । पूजा गर्ने समय सबैभन्दा पहिले कलश र उसमा स्थापित देवी देवताको पूजा गर्ने गरिन्छ । त्यस पश्चात् माता कालरात्रिको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गर्नुपूर्व हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्ने गरिन्छ ।

सप्तमीको पूजा अन्य दिनको जस्तै हुन्छ । तर, यसदिन रात्रिमा विशेष विधानकासाथ देवीको पूजा गर्ने गरिन्छ । यसदिन कतैकतै तान्त्रिक विधिबाट समेत पूजा गर्ने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गर्नेले प्रसादको रुपमा मदिरासमेत देवीलाई अर्पण गर्ने गर्दछन् ।

कालरात्रिको ध्यान मन्त्र

करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम्।

कालरात्रिं करालिंका दिव्यां विद्युतमाला विभूषिताम॥

दिव्यं लौहवज्र खड्ग वामोघोर्ध्व कराम्बुजाम्।

अभयं वरदां चैव दक्षिणोध्वाघः पार्णिकाम् मम॥

महामेघ प्रभां श्यामां तक्षा चैव गर्दभारूढ़ा।

घोरदंश कारालास्यां पीनोन्नत पयोधराम्॥

सुख पप्रसन्न वदना स्मेरान्न सरोरूहाम्।

एवं सचियन्तयेत् कालरात्रिं सर्वकाम् समृध्दिदाम्॥

कालरात्रिको स्तोत्र पाठ

हीं कालरात्रि श्री कराली च क्लीं कल्याणी कलावती।

कालमाता कलिदर्पध्नी कमदीश कुपान्विता॥

कामबीजजपान्दा कमबीजस्वरूपिणी।

कुमतिघ्नी कुलीनर्तिनाशिनी कुल कामिनी॥

क्लीं हीं श्रीं मन्त्र्वर्णेन कालकण्टकघातिनी।

कृपामयी कृपाधारा कृपापारा कृपागमा॥

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?