+
+

राधिका भन्छिन्–‘बेलायतको भिसाका लागि बिहे गरेँ’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ९ गते ९:५१

बलिउड नायिका राधिका आप्टे आफ्नो बोल्ड छवि र फरक अभिनयका कारण दर्शकमाझ परिचित छिन् ।

। राधिकाले सन् २०१२ मा ब्रिटिस म्यूजिसियन बेनेडिक्ट टेलरसँग बिहे गरेकी थिइन् । यसपछि, उनीहरु लण्डनमा एकसाथ बसिरहेका छन् । तर, राधिका भने यो बिबाह बेलायतको भीसा पाउनका लागि आफूले जर्बजस्ती गरेको बताउँछिन् ।

नेटफ्लिक्सको शो विट फिक्समा विक्रान्त मैसीसँग कुराकानी गर्दै राधिकाले भनिन्–‘जब मलाई थाहा भयो कि, बिहे गरेपछि बेलायतको भिसा सजिलैसँग पाइन्छ । मलाई लाग्छ, यस्तो खालको सिमारेखा हुनु हुँदैन । म बिहेका विश्वास राख्दिनँ । मैले बिहे गरेँ किनकी मलाई भिसाको समस्या थियो । तर, म र बेनेडिक्ट एकसाथ रहन चाहन्थ्यौ । तर, यो गलत थियो ।’

राधिकाले लकडाउनको पुरा समय बेनेडिक्टको साथमा बिताएकी छिन् । राधिका पछिल्लो समय नेटफ्लिक्सको वेव सिरिज ‘रात अकेली हे’मा देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?