
२६ कात्तिक, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले एक होटेलमा जुवातास लेखिरहेको अवस्थामा वीरेन्द्रनगरका ७ जनालाई पक्राउ गरेको छ ।
जुवातास खेलेको सूचनाका आधारमा प्रहरीले वीरेन्द्रनगर–३, जुम्ला रोडस्थित एक होटेलमा जुवातास लेखिरहेको अवस्थामा सात जना जुवाडेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, नवीन शाही, ३३ वर्षीय बन्जिर शाही, ४३ वर्षीय गणेश शाही, ४६ वर्षीय कठकबहादुर शाही र ३९ वर्षीय निमबहादुर शाही छन् ।
एक लाख तीन हजार ५३५ रुपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनतले होटेलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सातै जनालाई जुवा ऐनअनुसार कारबाही गरिने एसपी भट्टले बताए ।
प्रतिक्रिया 4