
६ पुस, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेंले संसद विघटन र मध्यावधि निर्वाचन बाध्यात्मक भएको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै बिजुक्छेंले भने, ‘प्रधानमन्त्री ओलीलाई यो कदम चाल्न उनका विरोधीहरूले बाध्य पारेका हुन् । मेरो विचारमा उनीहरू भारतबाट सञ्चालित छन् ।’
स्वयम् नेकपा र नेपाली कांग्रेसले सरकारलाई काम गर्न नदिनु संसद विघटनको प्रमुख कारण रहेको उनले बताए । विगतमा भएका संसद विघटनका घटना जस्तै अहिलेको यो घटनालाई पनि त्यही रूपमा हेरिनुपर्ने बताउँदै उनले भने, ‘कानुन र संविधानले मिल्ने–नमिल्ने कुराको व्याख्या गर्ने अधिकार अदालतलाई छोडिनुपर्छ । देशलाई लामो समय अन्योलको स्थितिमा राख्न नमिल्ने भएकोले प्रधानमन्त्रीको कदम औचित्यपूर्ण छ ।’
यदि सर्वाेच्च अदालतले संसद विघटनको निर्णय बदर गरे अन्य जटिलता आउने उनले दाबी गरे ।
प्रतिक्रिया 4