
११ पुस, डोटी । नेकपा प्रचण्ड-माधव समूहले डोटीमा आइतबार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
जिल्ला कमिटीको विस्तारित बैठक नाम दिइएको उक्त भेलामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रचण्ड-माधव समूहका नेता नेपबहादुर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाए । आफूहरुको लडाइँ कुनै व्यक्ति विशेषकाविरुद्ध नभई प्रवृत्तिकाविरुद्ध भएको उनको भनाइ थियो । संसद विघटनको विरोधमा पार्टीले गरिरहेको आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
विस्तारित बैठकले पुष २० गतेभित्र नौ वटै स्थानीय तहका पार्टी कमिटीहरुको बैठक बस्ने, १४ गते हुने जनप्रदर्शनहरुलाई व्यापक वनाउने लगायतका निर्णय गरेको भेलामा सहभागी नेता जंग बिकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4