
२३ पुस, काठमाडौं । हुम्लाको चंखेली–दार्मा स्थित महादेव उच्च माविको भवन निर्माण गर्न भारत सरकारले चार करोड बढी आर्थिक सहयोग प्रदान गरेको छ ।
महादेव उच्च माविमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग सम्बन्धी सम्झौतापत्रमा बुधबार भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच हस्ताक्षर भएको छ ।
साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ । सो परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
यीमध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
प्रतिक्रिया 4