+
+

गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते १६:०९

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । पारिवारिक स्रोतले बताएअनुसार शनिबार बिहान उनको निधन भएको हो ।

१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् ।

गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार हुन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।

रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?