+
+

डंगाेललाई करातेकाे मुख्य प्रशिक्षककाे जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १३:१६

२८ पुस, काठमाडौं । हिरा सिंह डंगोलले करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव स्तरीय निर्णय अनुसार डंगोललाई साेमबार करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हाे ।

राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विकले मंगलबार डंगोललाई नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत डंगोलले अब तालिम तथा प्रशिक्षक विभागमा नायव वरिष्ठ प्रशिक्षककाे रुपमा रही कार्य गर्नेछन् ।

डंगोलले यसअघि विभिन्न पटक राष्ट्रिय कराते टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?