+
+

भारतले कोरोना खोप निर्यातबारे केही हप्तामै निर्णय लिन्छ : जयशंकर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १६:०२

२८ पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले कोरोना भाइरस (कोभिड १९) को भ्याक्सिन निर्यात गर्ने सम्बन्धमा केही हप्तामा नै निर्णय लिने बताएका छन् ।

केही दिन पहिला भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धसँगै भारतमा उत्पादित खोप छिमेकी मुलुक र अन्य देशले पाउने हुन् कि होइनन् भन्ने चिन्ता उत्पन्न भएको थियो । भारत विश्वमा नै सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुकमध्ये एक हो ।

समाचार संस्था रोयर्टर्ससँग कुराकानी गदै उनले विभिन्न मुलुकहरुले गरेको चिन्ताको बारेमा भारत सरकारलाई थाहा भएको समेत बताए ।

विभिन्न मुलुकले भ्याक्सिन पाउनु पर्ने माग गर्दै भारत सरकारलाई पत्र पठाइरहेका छन् । आगामी जनवरी १४ मा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारत सरकारसँग कोरोनाको बारेमा छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?