+
+

संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १४:५३

७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ ।

त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड– माधव समूह संसद् विघटन विरुद्ध चरणबद्ध आन्दोलनमा छ ।

जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले बताए ।

संसद् पुन:स्थापनाको माग गर्दै यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?