
८ माघ, काठमाडौं । खाने तेलमा अत्यधिक नाफा राख्ने तथा दोहोरो बिल जारी गर्ने एक होलसेल पसललाई वाणिज्य विभागले साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
सूर्यमुखी तथा भटमासको तेलमा प्रतिकार्टुन ५० रुपैयाँ बढी मूल्य लिएको आरोपमा नार्गाजुन नगरपालिका ४ मा रहेको भण्डारी स्टोरलाई जरिवाना गरिएको विभागले जनाएको छ ।
उक्त किराना होलसेलले सनफ्लावर र सोयबिन तेलमा प्रतिकार्टुन ५० रुपैयाँ बढी रकम लिएको तथा दोहोरो बिल जारी गरेको पाइएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4