
८ माघ, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौंको प्राचिन ऐतिहासिक सहर कीर्तिपुरको जखामा हुने भएको छ ।
स्थानीय स्तरमा स्थानीय संस्थाहरुसँग समन्वय गर्दै नव प्रतिभा पहिचानसहित खेलाडी उत्पादनका साथै खेल समुदायको विकास गर्ने लक्षका साथ सञ्चालन गरिएको सिरिजको पहिलो संस्करण काठमाडौंको उत्तरभेग टोखामा सम्पन्न भइसकेको छ ।
प्रत्येक दुई हप्तमा हुने सिरिजको तेस्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुनेछ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।
सिरिजको उद्धेश्य प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समुदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको विकास गर्दै राज्यलाई आर्थिक टेवा पुर्याउने रहेको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
कोभिड १९ बाट बिश्वनै अक्रान्त भइरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग प्रतिरोध क्षमता अभिवृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले बताए ।
नेपाल ट्रायथलन संघ र जम्प नेशनबीच एक वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिने गरी सहकार्यको सम्झौता भइसकेको छ ।
प्रतिक्रिया 4