+
+

आज बिहे गर्दै बरुण र नताशा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १२:०८

बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिहे अलीबागको ‘दि मेसन हाउस’मा हुँदैछ । शनिबार नै बरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो ।

भारतीय मिडियाका अनुसार, बरुण र नताशाको संगीत सेरेमनीलाई करण जोहरले होस्ट गरेका थिए । यो कार्यक्रममा नायिका आलिया भट्ट, जाहन्वी कपुर, नायक अर्जुन कपुर लगायतले नृत्य गरेका थिए ।

बरुण र नताशा लामो समयसम्म प्रेममा रहेका थिए । उनीहरुको बिहेको चर्चा गतबर्ष नै चलेपनि कोरोना कारण स्थगित भएको थियो । अलीबागको ‘दि मेसन हाउस’मा कोरोना भाइरसको कारण सुरक्षा मापदण्ड अपनाउँदै नजिकका ५० जना आफन्त र साथीभाइलाई निमन्त्रणा गरिएको छ । उनीहरुको बिहेमा बलिउडका केही कलाकारको पनि उपस्थिती रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?