+
+

चिकित्सकदेखि स्वास्थ्य सहयोगीसम्मलाई ‘कोभिड–१९ विशेष सम्मान’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते २०:०४

१६ माघ, काठमाडौं । बारबरा फाउण्डेशनले कोभिड-१९ को अग्रपंक्तिमा रही काम गर्ने चार वटा विधाका उत्कृष्ट फ्रन्टलाइनरलाई ‘कोभिड-१९’ विशेष सम्मान’ प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो ।

फाउण्डेशनले चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एकलाख एक रुपैयाँ राशीसहित सम्मान पत्रले पुरस्कृत गरेको हफ । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला र कोशी अस्पताल विराटनगरका डा. देवप्रसाद आचार्यलाई ६० हजार एक रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिएको छ ।

नर्सिङ वीर अस्पतालका स्टाफ नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीका भगवती बराल र नारायणी अञ्चाल अस्पताल विरगञ्जकी श्रुति शाहालाई सम्मानित गरिएको छ । उनीहरुलाई जनही ५० हजार एक रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।

पत्रकारिता तर्फबाट अनलाइनखवरकर्मी सागर बुढाथोकी सम्मानित भएका छन् । त्यस्तै कान्तिपुरकी सम्बाददाता फातिमा बानु, फोटो पत्रकारतर्फ देशसञ्चारकी वर्षा शाह र मल्टिमिडियातर्फ न्युज एजेन्सी नेपाल सम्मानित भएका छन् । उनीहरुलाई पनि ५० हजार एक रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।

त्यस्तै, स्वाथ्य सहयोगीतर्फ पनि तीन जनालाई सम्मान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हेल्थ असिस्टेन्ट रमेश काफ्ले, भेरी अस्पताल नेपालगञ्जकी कर्मचारी सुशीला भण्डारी र भक्तपुरको स्वयंसेवी समूह आरएनए १६ का तर्फबाट राजेन्द्र गोइजुलाई सम्मान गरिएको छ । उनीहरुलाई पनि ५० हजार एक रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।

बारबरा फाउण्डेशनले संस्थागततर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई विशेष सम्मान प्रदान गरेको छ ।

मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कृत हुनेलाई सम्मान पत्र प्रदान गर्दै अग्रपंक्तिमा काम गर्नेहरुलाई सम्मान गर्ने अवसर पाएकोमा धन्य भएको बताए । कार्यक्रममा मदनकृष्ण र हरिवंशले आफ्ना कोभिडकालका अनुभव पनि सुनाएका थिए ।

बारबरा फाउण्डेशनका अध्यक्ष सन्दुक रुइतले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महासंकटको सुरुदेखि नै न्युनतम सुरक्षाका साधन जस्तै मास्क, पीपीईको अभावमा काम गरिरहेका डाक्टर, नर्स लगायत अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति उच्च सम्मान प्रकट गरेका छन् । सम्मानले स्वास्थ्यकर्मी, पत्रकारलाई यो महासंकटमा काम गर्ने साहस मिल्ने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

हेर्नुहोस् सम्मानित हुनेहरुको तस्वीर

 

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?