
२६ माघ, काठमाडौं । नयाँ जहाज थप गरेसँगै बुद्ध एयरले बजार विस्तार सुरु गरेको छ । सोही रणनीति अनुसार अब बुद्धले मूख्य गन्तब्यमा साविकको तुलनामा दैनिक एक-एक उडान थप गरेको छ ।
यसअघि दैनिक ९० वटा उडान हुने गरेकोमा अब २१ सय उडान दैनिक पुगेको कम्पनीका मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले जानकारी दिए । कम्पनीका अनुसार विराटनगर, भैरहवा र जनकपुरबाट अब एकाबिहानै उडान भर्ने कार्यतालिका बनाइएको छ ।
बुद्धसँग अब १४ वटा जहाज पुगेका छन् । सोमबार कोरोना महामारीयताकै सबैभन्दा धेरै दैनिक करिब ६ हजार यात्रु बोकेको बुद्धसँग ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा बिचक्राफ्ट गरि १४ जहाज छन् ।
कोभिड-१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने जोशीले बताए । उनका अनुसार अब पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान गरिने भएको छ ।
अन्य गन्तव्यमा यात्रुको चाप हेरी उडान विस्तार गर्ने योजना कम्पनीको छ । थपिएको जहाजबाट नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।
बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन ˆलाईट पनि गरिरहेको छ ।
प्रतिक्रिया 4