+
+

प्रचण्ड–माधव समूहद्वारा पिनको संयोजकमा बन्जाडे र सहसंयोजकमा पोखरेललाई जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १३:०१

२ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)ले प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) मा संयोजक र सहसंयोजक तोकेको छ ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले संयुक्त पत्र लेखेर नन्द बन्जाडेलाई संयोजक र छविराज पोखरेललाई सहसंयोजक तोकिएको जानकारी दिएका हुन् । बन्जाडे नेपाल निकट र पोखरेल प्रचण्ड निकट हुन् ।

पिन नेकपा निकट इन्जिनियरहरुको संगठन हो । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएपछि पिनको संयोजक केपी शर्मा ओली निकट शम्भुबहादुर श्रेष्ठ बनेका थिए । सहसंयोजक तोकिएको थिएन । महासचिवको जिम्मेवारी प्रचण्ड निकट डा. हरिराम पराजुलीले पाएका थिए ।

नेकपा विभाजन भएसँगै श्रेष्ठ ओलीतिरै लागेपछि प्रचण्ड–माधव समूहले संयोजक बन्जाडेलाई र सहसंयोजक पोखेललाई बनाएको हो । महासचिवमा पराजुली यथावत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?