+
+

वैवाहिक जीवनमा बाँधिए अन्जु र थिर

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १८:५६

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीले पाटनको चर्चमा बिहे गरेका हौं । कोरोनाका कारण धेरै मानिसहरुलाई बोलाउन सकिएन । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ । अन्जु र थिरलाई वैवाहिक जीवनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?