
३ चैत, काठमाडौं । चीन सरकारले आफ्नो देश आउने भारतीय नागरिकले चीनमा बनेको कोभिड – १९ खोप लगाउनुपर्ने सर्त राखेको छ । १५ मार्चदेखि भारतीय नागिरकले चीन जानका लागि चीनमा बनेको कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भारतस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘चिनियाँ दूतावास तथा वाणिज्य दूतावासमा मानिसहरु भिसा प्रक्रियामा सहभागी हुन सक्नेछन् । तर उहाँहरुले चीनमा बनेको कोभिड १९को भ्याक्सिन लगाएको हुनुपर्छ र भ्याक्सिन लगाएको सर्टिफिकेट हुनुपर्छ ।’
हिन्दु अखबारका चिनियाँ संवाददाताले अनन्त कृष्णाले ट्विटरमार्फत चीनले घोषणा गरेको खोप भने भारतमा उपलब्ध नभएको प्रतिक्रिया दिएका छन् ।
तर चिनियाँ दूतावासले भने चीन जाने भारतीय नागरिक तथा उनको परिवारले कोरोना महामारीभन्दा अगाडि नै वैध कागजातका साथ भिसाका लागि आवदेन
गर्नुपर्ने जनाएको छ ।
अब विदेशीले पनि भारतबाट चीन जान चाहेमा यात्रा अघि इलेक्ट्रोनिक हेल्थ डिक्लेरेसन बनाउनुपर्ने हुन्छ। यसपछि चीन पुगेपछि सेल्फ क्वारेन्टिनमा बस्नुपर्छ ।
प्रतिक्रिया 4