+
+

रुपन्देहीमा ७३ हजार भूमिहीन र अव्यवस्थित परिवारले भरे फारम

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १८:५५

३ चैत, बुटवल । रुपन्देहीका ७ स्थानीय निकायमा भूमिहीन र अव्यवस्थित बसोबासी परिवार करिब ७३ हजार रहेको पाइएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग रुपन्देहीले जिल्लाका ७ स्थानीय तहमा संकलन गरेको तथ्याङ्क अनुसार ७२ हजार ७९५ भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी भेटिएका हुन् ।

सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी बुटवल उपमहानगरपालिकामा रहेका छन् । जिल्लाका १६ मध्ये ७ वटा स्थानीय तहमा तथ्यांक संकलन (फारम भर्ने काम) सम्पन्न भइ पुनः मुल्याङ्कनको काम भइरहेको आयोगका रुपन्देही अध्यक्ष बलबहादुर आचार्यले बताए ।

आचार्यका अनुसार बुटवल उप-महानगरपालिकामा १५ हजार ४०३, तिलोत्तमामा ७ हजार ७३२, सैनामैनामा १३ हजार, देवदहमा १४ हजार ३४३, कञ्चनमा १२ हजार ६८६, गैडहवामा ८ हजार ९१५ र मायादेविमा ७१६ घरपरिवार अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी रहेका छन् ।

आयोगले शुद्धोधन र सियारी गाउँपालिकामा तथ्याङ्क संकलन गर्न शुरु गरेको छ भने सिद्धार्थनगर नगरपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई, मर्चवारी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा काम शुरु हुन नसकेको आयोगका विज्ञ सदस्य कृष्णबहादुर कुंवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?