+
+

कमलपोखरीमा साढे दुई करोड लिटर पानी हाल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १९:०५
फाइल तस्वीर

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको कार्य चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिएको छ । कुनै अवरोध नभएमा चैतभित्रमा पोखरी पुनर्निर्माणको पहिलो चरण सम्पन्न हुने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पोखरी पुनर्निर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको भन्दै पोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारी रहेको बताए । उनले भने, ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौं । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौ ।’

प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनेर अनावश्यक विरोध गरेको बताए । डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न उनको आग्रह थियो ।

उनले पोखरीको बीचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको बताए । पोखरी सत प्रतिशत बास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?