+
+

नेपाल समूहको ज्ञापनपत्र आएपछि ओलीले भने- गुटको प्रस्ताव स्वीकारिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ७ गते १३:४३

७ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् ।

सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।

तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरे । ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?