+
+

आजबाट हिमालय टीभीमा ‘जीवन साथी’को पाँचौ श्रृङख्ला प्रशारण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १६:२३

विभिन्न क्षेत्रमा लागेर उदाहरणिय काम गरेका तथा सेलिब्रिटी जोडीहरुसँग रोचक कुराकानी हुने कार्यक्रम ‘मेरो जीवन साथी’को पाँचौ श्रृङ्खला आजबाट हिमालय टीभीमा प्रशारण हुने भएको छ ।

यो शो हरेक आइतबार बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रशारण हुनेछ । यसअघि यो शोका ४ वटा श्रृङ्खला प्रशारण भैसकेको छ । करिब डेढ बर्षपछि यो शोको पाँचौ श्रृङ्खला प्रशारण हुन लागेको हो । यो शोलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले संचालन गर्नेछिन् ।

दर्शकले आज प्रशारण हुने पाँचौ श्रृङ्खलाको पहिलो भागमा नायिका ऋचा शर्मा र उनका श्रीमान् दिपेक्ष विक्रम राणासँगको कुराकानी हेर्न सक्नेछन् ।

यो शोका निर्माता शैलेष कँडेल क्षेत्री भन्छन्–‘पाँचौ श्रृङ्खलामा ५२ शो प्रशारण गर्ने तयारीका साथ हामी अगाडि बढेको छौ । सेलिब्रिटी तथा समाजमा उदाहरणीय काम गरेका जोडीहरुको व्यक्तिगत र वैवाहिक जीवनका रोचक प्रसंगहरु कार्यक्रममा समावेश हुने भएकाले पनि दर्शकले यसलाई रुचाउनुभएको छ ।’

कँडेलले यस अगाडि प्रशारण भएका श्रृङ्खलामा अतिथी बनिसकेका जोडीलाई सकेसम्म कार्यक्रममा नदोहोर्याउने सोच भएपनि नेपालमा सेलिब्रिटीको संख्या कम भएकाले पनि दर्शकको माग अनुसार लामो समयको अन्तरालपछि पुनः सोही जोडीलाई शोमा निमन्त्रणा गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?