+
+

एक्सपर्ट एजुकेसनको नयाँ लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १२:४८

सिड्नी । विगत १८ वर्षदेखि नेपाली तथा अन्तर्राष्टिय विद्यार्थीहरुलाई उच्च शिक्षा तथा आप्रवासनसम्बन्धी परामर्श दिदै आएको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले नयाँ प्रतीक चिन्ह (लोगो)सार्वजनिक गरेको छ ।

सर्भिसेजकी म्यानेजर मेघा अमात्यद्वारा जारी विज्ञप्तिअनुसार संसारका विभिन्न देशहरुमा आफ्नो शाखा विस्तार गरेको एक्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले संसारका सबै सेवाग्रहीहरुमा र सरोकारवालाहरुमा नयाँ पहिचान दिने उद्देश्यले नयाँ लोगो सार्वजनिक गरेको हो ।

भारतीय डिजाइनर आमिर खानले परिकल्पना गरेको लोगोलाई एक्सर्टकै डिजाइनर टिमले केही परिमार्जनका साथ मान्यता दिइएको विज्ञप्तिमा उल्लेख छ । खानले परिकल्पना गरेको लोगो डिजाइन कम्पिटिसनमा विजयी भएको थियो र डिजाइनरले एक हजार अस्टेलियन डलर पुरस्कारस्वरुप पाएका थिए ।

नयाँ-नयाँ देशहरुमा शाखा विस्तार सँगसँगै नयाँ र आधुनिक लोगोको आवश्यकता महसुस भएकोले लोगोलाई नयाँ स्वरुप दिइएको म्यानेजर मेघाले बताइन ।

लोगो डिजाइनको खुल्ला प्रतिस्पर्धा आह्वान गरिएको थियो, जसमा ५०० बढी कलाकारले ८०० वटा लोगो डिजाइन गरी पठाएका थिए । तीमध्ये ६ वोटा अन्तिम प्रतिस्पर्धामा थिए ।

एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसेजले विगत १८ वर्षदेखि अष्ट्रेलिया, अमेरिका, क्यानडा, सिंगापुर, यूके, फिलिपिन्स, श्रीलङ्का, भारत, अफ्रिकालगायत संसारका विभिन्न १३ वटा देशहरुमा ४० वटाभन्दा बढी शाखाबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा आप्रवासनसम्बन्धी परामर्श दिँदै आएको छ ।

यो संस्थाले नेपाल र अस्ट्रेलियामा एक्स्पोर्ट फाउन्डेशनमार्फत शिक्षा, खेल्कुदलगायत क्षेत्रमा सहयोगसमेत गर्दै आएको छ । धनगढी ब्लुज क्रिकेटको स्वामित्वसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?