+
+

सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २१ गते १७:३८

२१ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।

शनिबार दिउँसो साढे १ बजेदेखि आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१० स्थित बामे खोलामा लागेको आगो सल्किएर काँक्रेविहार संरक्षित क्षेत्रमा प्रवेश गरेको प्रहरीले जनाएको छ ।

आगो बस्तीमा आउन नदिन र नियन्त्रणमा लिन दमकलसहित थप सुरक्षाकर्मीको टोली आगलागी क्षेत्रमा खटाइएको डीएसपी घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?