+
+

थप ५१७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १६:५२

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५३ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?