+
+

रौतहटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ वैशाख ९ गते १०:४५

९ वैशाख, रौतहट । रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको प्रहरीले जनाएको छ ।

महराको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा राखिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?