
प्रतीकात्मक तस्वीर
७ असार, झापा । झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको सोमबार बिहान शव फेला परेको हो ।
सोरेन अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा पाँच वर्षदेखि कामदारको रुपमा बस्दै आएका थिए ।
नगर प्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो । सोरेनको शव उद्धार टोलीले पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4