+
+

एमाले कार्यदलमा सहमतिको मस्यौदामाथि छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १८:२४

२५ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

कार्यदलका सदस्यहरु शुक्रबार मध्यान्हदेखि अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । बैठकबाट बाहिरिएका कार्यदलका सदस्य रघुजी पन्त भन्छन्, ‘मस्यौदामा हामीले छलफल गर्‍यौं, हामीले लागेका सुझावहरु दियौं ।’

छलफलमा आएका रायहरुलाई समेटेर सम्भव भएसम्म आजै अन्तिम रुप दिने प्रयास हुने उनले बताए । पन्त भन्छन्, ‘हामीले पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदाहरु सहमतिका साथ बनाउने कोसिस गरिरहेका छौं ।’

उनले अघि भने, ‘उठेका मतहरुलाई समेटेर पूर्ण बनाउने प्रयत्न भइरहेको छ । सम्भव भएसम्म आजै सकौं भन्ने प्रयत्नमा छौं ।’ उनका अनुसार छलफल जारी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?