+
+

सर्वोच्चको फैसला जनता र लोकतन्त्रका पक्षमा : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १८:५३

२८ असार, काठमाडौं । नेपाली  कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । उनले सर्वोच्चको फैसला जनता र लोकतन्त्रका पक्षमा ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

‘लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ,’ उनले भने, ‘सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ।’

सोमबार सर्वोच्चले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?