+
+

प्रदेश-२ लोक सेवा आयोगद्वारा २ सय बढी कर्मचारी भर्नाको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १४:०२

३१ असार, काठमाडौं । प्रदेश २ लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले बिहीबार नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

प्रदेश २ लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो तेस्रो पटक हो । यसअघि गत फागुनमा सातौं तहको इन्जिनियरिङ र जेठको अन्तिम साता नवौं तहको विज्ञापन खोलिएको थियो ।

यस पटक अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।

यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?