+
+

सम्झौता गर्न नआएपछि गोरखाका २ हजार बढी भूकम्पपीडित लाभग्राहीबाट हटे

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १३:५४
फाइल तस्वीर

५ साउन, गोरखा । जिल्लाका २ हजार ७ शय ३ जना भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ ।

तोकिएको समयसिमा भित्र अनुदान सम्झौता नगरेका कारण लाभग्राही सूचिबाट हटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाले जनाएको छ ।

‘२०७७ सालको पुष मसान्त भित्र अनुदान सम्झौता गरिसक्नुपर्ने भनेर प्राधिकरणले समयसिमा तोकेको थियो,’ इकाइ प्रमुख रामशरण आचार्यले भने, ‘तोकिएको अवधिसम्म पनि सम्झौता गर्न नआएपछि सूचिबाट नाम हटाइएको हो ।’ सम्झौताका लागी पटक पटक ताकेता गरिएको उनले बताए ।

‘सार्वजनिक सूचना जारी गर्‍यौ, सबै स्थानीय तहमा वर्कशप पनि चलायौ, पालिकाहरुलाई पत्राचार गरेर जानकारी गराउन पनि भन्यौ, तर पनि उहाहरु सम्झौता गर्न आउनुभएन,’ आचार्यले भने । अुनदान सम्झौता नगर्नेहरुमध्ये अधिकांश एकाघर परिवारका सदस्यहरु रहेको र केही लाभग्राहीको मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार करीव १२ शय जनाको नाम लाभग्राही सूचिमा दोहोरिएको थियो । जिल्लाका कुल ७२ हजार ८ शय ४८ लाभग्राही मध्ये ६८ हजार ५ शय ९२ जनाले अनुदान सम्झौता गरेका छन् । ६६ हजार ८ शय ४७ जनाले दोस्रो र ६४ हजार ४ शय ७० जनाले तेस्रो किस्ता लगेको इकाइले जनाएको छ ।

तेस्रो किस्ता लाने लाभग्राहीको संख्याको आधारमा जिल्लामा हालसम्म ९४ प्रतिशत निजी आवस पुननिर्माणको काम सम्पन्न भएको इकाइ प्रमुख अचार्यले बताए ।

प्रवलीकरण तर्फ हालसम्म २ हजार ३ शय ९२ जनाले सम्झौता गरेका छन् । उनीहरुमध्ये १ हजार ५ शय ५० जनाले पहिलो र ५६ जनाले दोस्रो अर्थात अन्तिम किस्ता लगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?