+
+

ओलम्पिक सुरु हुनु एक दिनअघि ‘शो डाइरेक्टर’ बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १४:२७

७ साउन, काठमाडौं । ओलम्पिक सुरु हुनुभन्दा एक दिनअघि ओलम्पिकको उद्घाटन समारोहका शो डाइरेक्टरलाई बर्खास्त गरिएको छ । शो डाइरेक्टर केनटारो कोबायाशीलाई सन् १९९० को एक भिडियो फटेजको कारण बर्खास्त गरिएको हो ।

उक्त भिडियोमा उनले होलोकास्टको खिल्ली उडाइरहेको देख्न सकिन्छ । होलोकास्ट जर्मन तानाशाह हिटलरको शासनकालमा करीब ६० लाख यहूदीको हत्या गरिएको नरसंहार थियो ।

केनटारो कोबायाशी ओलम्पिकको उद्घाटन र समापन समारोहको लागि क्रिएटिभ डायरेक्टर थिए । उनी यसअघि पनि विभिन्न अभिव्यक्तिको कारण विवादमा पर्दै आएका थिए ।

जापानको ओलम्पिकका प्रमुख सेको हाशिमातोले यो भिडियो ‘इतिहासको दर्दनाक तथ्य’को खिल्ली उडाउने किसिमको रहेको बताएका छन् ।

ओलम्पिक सुरु हुनुभन्दा पहिला नै नयाँ नयाँ विवाद आइरहेका छन् । यसअघि एक कम्पोजरलाई आयोजकको टोलीबाट निकालिएको थियो । उनीमाथि स्कुलमा पढ्दा शारीरिक अपाङ्गता भएका सहपाठीमाथि दादागिरी देखाउने गरेको आरोप थियो ।

त्यस्तै खेलाडी तथा अधिकारीहरुमा बढ्दो कोरोना संक्रमण पनि ओलम्पिकको चिन्ताको कारण बनेको छ । आइतबार आयोजकले ओलेम्पिकसँग सम्बन्धित ९१ जना मानिसमा कोरोना संक्रमण देखिएको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?