+
+

ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते २०:३०

८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

नेम्वाङलाई प्रश्न : धारा ७६(५) किन लेख्नुभयो ?

प्रधानमन्त्री देउवाले पूर्व सभामुख समेत रहेका एमालेका उपनेता सुवासचन्द्र नेम्वाङलाई समेत प्रतिप्रश्न गरेका छन् ।

रोष्टममा उभिएर करीब ५० मिनेट लामो भाषण गरेका नेम्वाङले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको भन्दै देउवामाथि प्रश्न उठाएका थिए ।

देउवाले भने संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई प्रतिप्रश्न गरेका छन्, संविधानको धारा ७६(५) किन लेख्नुभयो ?

नेम्वाङ स्वयंले बीचमा संसद भंग हुने छैन भनेको उनले स्मरण गरे । नयाँ सरकार गठका क्रममा राष्ट्रपतिले ७६(५) अनुसार कुनै पनि संसद सदस्यले बहुमत पुर्‍याउन सक्छ भन्ने आह्वान गरेपछि आफूहरु गएको उनले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो दलका सांसदहरुलाई फ्लोर क्रस गराउने कांग्रेस र माओवादीले ह्वीप जारी गरेको नेम्वाङको दाबीको खण्डन गरे । संविधान बनाउने क्रममा धारा ७६(५) किन लेखियो भनेर प्रष्ट पार्नुपर्ने पूर्व सभामुख नेम्वाङले ह्वीप लगायो भनेर आरोपित गरेको उल्लेख गर्दै देउवाले भने, पार्टी सांसदहरुलाई काठमाडौं आइदिनुस् भन्नु ह्वीप लगाएको होइन नि ।’

सम्बोधनका क्रममा नेम्वाङले सरकारलाई दिएको सुझाव भने मननयोग्य भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?