
१० साउन, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । लिलाम बढाबढ प्रक्रियाबाट संस्थापक समूहको १२ हजार ५८७ कित्ता सेयर लिलाम बिक्री गर्न लागिएको फाइनान्सले जनाएको छ ।
फाइनान्सको सेयर खरिद गर्न साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
सेयरको बोलकबुल मूल्य न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त मूल्य भन्दा बढीमामा खरिद गर्न आवेदन गर्न सक्नेछन् ।
सेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ अधिकतम् सेयर संख्याका लागि कुनै हद तोकिएको छैन् । सेयर खरिद गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4