+
+

अब १६ वर्ष मुनिका इन्स्टाग्राम एकाउन्ट स्वतः प्राइभेट

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १४:५४

१३ साउन, काठमाडौं । सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले १६ वर्षमुनिका प्रयोगकर्ताका नयाँ एकाउन्टन्टलाई स्वतः प्राइभेट बनाइदिएको छ । जसअनुसार अब स्विकृत फलोअर्सले मात्र त्यस्ता प्रयोगकर्ताले इन्स्टाग्राममा गर्ने पोस्ट हेर्न तथा लाइक र कमेन्ट गर्न सक्नेछन् ।

कम उमेरका प्रयोगकर्ताका एकाउन्टन्टलाई प्राइभेट बाइ डिफल्ट बनाउने परीक्षणका क्रममा २० प्रतिशत प्रयोगकर्ताले मात्र आफ्नो एकाउन्टन्टलाई पब्लिक गराउन चाहेको पाइएको इन्स्टाग्रामले जनाएको छ ।

इन्स्टाग्राममा नयाँ एकाउन्टन्ट खोल्ने १६ वर्ष मुनिका प्रयोगकर्ताको एकाउन्टन्ट मात्र हालका लागि स्वतः प्राइभेट हुनेछ । पूराना कम उमेरका प्रयोगकर्तालाई चाँहि एकाउन्टन्ट प्राइभेट गर्दाका फाइदाहरु समेटिएको एक सन्देश पठाइनेछ ।

१३ वर्ष मुनिका प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ एप नै ल्याउन लागिएको इन्स्टाग्रामले जनाएको छ ।

फेसबुकले भनेको छ, ‘यथार्थ के हो भने यो उमेरका बच्चाबच्चीहरु पनि अनलाइनमा आइसकेका छन् । मानिसहरुलाई आफ्नो उमेर ढाँटेर सोसल मिडियामा छिर्ने कुरालाई पूर्ण रुपमा रोक्न सम्भव छैन । हामी तिनै प्रयोगकर्ताका अभिभावक तथा बुवाआमाहरुले व्यवस्थापन गर्ने गरी नयाँ एप डिजाइन गर्दैछौँ ।’

यद्यपि इन्स्टाग्रामले उमेर ढाँटेका कम उमेरका प्रयोगकर्ताको एकाउन्टन्ट हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास गरिरहेको बताएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?