+
+

माछापोखरीमा डुबेर सप्तरीमा ६ वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १५:३९
प्रतीकात्मक तस्वीर

१५ साउन, सप्तरी । सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका युवराजलाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?