+

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

२०७८ भदौ  १० गते १४:५९ २०७८ भदौ १० गते १४:५९
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

१० भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि बिहीबार अखिल नेपाल फुटबल (एन्फा) र एडप्याडबीच ब्रोडकास्टिङ अधिकारका लागि सम्झौता भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडमा तर्फबाट सुरज गिरीले सम्झौता पत्र आदानप्रदान गरे ।

एडप्याडले ब्रोडकास्टिङ अधिकारका लागि विज्ञापन खुला गरेको थियो । त्यसमा एडप्याडले २५ लाख १० हजार बिड गरेको एडप्याडका सुरज गिरीले जनाए । गिरीले खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने जानकारी दिए । गिरी नेपालको लागि यो ठूलो रकम भए पनि खेलकुद क्षेत्रका लागि २५ लाख ठूलो रकम नभएको बताए ।

यस्तै डिजिटलतर्फ ओएसआर स्पोर्ट्सले प्रसारण गर्ने गिरीले बताए ।

नेपाल र भारतबीच यही भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ।

प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय