
काठमाडौं । रेनो गाडीको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले दशैं तिहार लक्षित ‘रेनो शुभ कार–रम्भ’ योजना सार्वजनिक गरेको छ ।
‘चाडपर्वको शुभ शुरुवात, गरौं रेनोको साथ’ भन्ने मुल नाराका साथ सार्वजनिक गरिएको योजना अन्तर्गत रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख रुपैयाँसम्मको कुल फाइदा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षका लागि निः शुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट ग्राहक लाभान्वित हुने कम्पनीको भनाइ छ ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4