
११ पुस, काठमाडौं । आगामी माघ १ गते पोखरामा ‘नेपाल फेसननिस्टा’को आयोजना हुने भएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्दै आएको एएसएपी इन्टरटेन्मेन्टले फेसन शोको आयोजना गर्ने भएको हो ।
फेसननिस्टामा देशका चर्चित कलाकार तथा मोडलहरु र्याम्पमा उत्रिने आयोजकले जनाएको छ । अभिनेत्री नीता ढुंगाना, मोडल तथा नृत्याङ्गना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिक्पाल कार्की लगायतले र्याम्प नाप्नेछन् ।
सुपी रसाइली, तेजमाया पुन र सम्झना गुरुङका डिजाइन प्रस्तुत गरिने ‘नेपाल फेसननिस्टा २०२२’को अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहनेछन् ।
एएसएपी इन्टरटेनमेन्टले हरेक वर्ष ‘द हेरिटेज’ नाममा फेसन शो आयोजना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4