
९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले बजेट अभावका कारण अपेक्षितरूपमा कृषि क्षेत्रको विकास गर्न नसकेको बताएका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपालमा व्यवसायीक कृषिको विकास र आधुनिकीकरण आजको आवश्यकता विषय अन्तर्क्रिया कार्यक्रममा मन्त्री यादवले बजेट अभावका कारण मन्त्रालयले समग्र कृषि क्षेत्रको विकास गर्न नसकेको बताएका हुन् ।
वार्षिक रुपमा कृषिमा छुट्याउने २.७ प्रतिशत बजेटले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र नयाँ प्रविधि मैत्री बनाउन नसकिने उनको भनाइ थियो । अहिलेको बजेट पर्याप्त नभए पनि सीमित बजेटबाट कृषिलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने प्रयास सरकारले गरिरहेको उनले बताए ।
मन्त्री यादवले अहिले सरकार किसानले उत्पादन गरेका उत्पादित वस्तुको उचित मूल्य, बजारीकरण र भण्डारण गर्ने व्यवस्थित गर्ने काममा लागेको बताए ।
प्रतिक्रिया 4