+

राष्ट्रिय महिला लिग : आर्मीविरुद्ध एपीएफको पुनरागमन जित

२०७८ चैत  १० गते १९:०४ २०७८ चैत १० गते १९:०४
राष्ट्रिय महिला लिग : आर्मीविरुद्ध एपीएफको पुनरागमन जित

१० चैत, चितवन । साविक विजेता एपीएफले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेको छ ।

सावित्रा भण्डारी साम्बाले १३ महिनापछि पुनरागमन गरेको खेलमा एपीएफले विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो । चितवनको भरतपुरस्थित शारदानगर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५२औं मिनेटमा आर्मीले पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । रश्मि कुमारी घिसिङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । तर उक्त अग्रता लामो समय टिकेन ।

५७औं मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । रेनुका नगरकोटेले बराबरी गोल गरिन् । ८२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफले गोल गर्दै खेल जितेको हो ।

गत सिजन राष्ट्रिय लिगकै बेला घुँडामा चोट लागेपछि मैदान बाहिर रहेकी सावित्राले उपचारपछि यसै खेलबाट पुनरागमन गरिन् । उनी ६०औं मिनेटमा रविना गोलेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

 

फुटबल महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय