
२६ चैत, काठमाडौं । बढ्दो सहरीकरणले उपत्यकाको नेवार समुुदायका बस्तीहरू मासिदै गएका छन् ।
यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरहरू तहसनहस बनायो । काठमाडौं उपत्यका अर्थात नेवार समुदाय, यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ ।
ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझैं जीवन्त बनाइरहेको छ ।
यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सिर्जित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्ती अझैं पनि सुन्दर छ ।
हेरौं, काठमाडौं उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न स्थानका तस्वीरहरू ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ ।










प्रतिक्रिया 4