काठमाडौं । नयाँ टेलिभिजन रियालिटी सो ‘ट्यालेन्ट हन्ट’ निर्माण हुने भएको छ । निर्माण संस्था साइना साहारा ग्रुपले अडिसन खुला गरेको छ ।
निर्माता टेकप्रसाद बाँस्तोलाले मुलुकका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले रियालिटी सो निर्माण हुन लागेको बताए । इच्छुकले डिजिटल अडिसनमार्फत भाग लिन सक्ने जनाइएको छ ।
गायन, नृत्य, अभिनय, कमेडी विधाका प्रतिभाले प्रतिस्पर्धा गर्न सक्ने यो सोमा विजयी हुनेले ५० लाख रुपैयाँ नगद प्राप्त गर्ने भएको छ । यसबाहेक फिल्म, टेलिसिरियल र म्युजिक भिडियोमा मौका पाउने समेत उल्लेख छ ।
सोको निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल छन् । अडिसनमा भाग लिन चाहनेले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्ने भएको छ । असोजमा विजेता छनौट हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4