
५ जेठ, धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा पनि सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टी विजयी भएको हो ।
अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरीया विजयी भएका हुन् । चौधरीले ४९०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायकले ३३६८ मत पाए ।
उपाध्यक्षमा कठरीयाले ४५८१ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका दीर्घराज बिनाडीले २६८ मत मात्रै प्राप्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाको मेयरमा पनि जितिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4