
६ जेठ, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा कांग्रेसका केशव कुमार श्रेष्ठ र मीरा थारु निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पिताम्बर खनाललाई ७ सय ८८ मतान्तरले पराजित गर्दै श्रेष्ठ नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
नगर प्रमुखका उम्मेदवार श्रेष्ठले १४ हजार ३ सय ८४ मत ल्याउँदा एमालेका उम्मेदवार खनालले १३ हजार ५ सय ९६ मत मात्र ल्याए । यस्तै नगर प्रमुखमा जनता समाजबादी पार्टी (जसपा) का उम्मेदवार शिवलाल यादवले १ हजार २२८ मत ल्याए ।
यस्तै नगरको उपप्रमुख मीरा थारुले १४ हजार २८३ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी मन्जु चौधरीले १३ हजार ७ सय १५ मत पाइन् ।
निर्वाचन जितेका प्रमुख श्रेष्ठ र उपप्रमुख थारुले २०७४ को स्थानिय तहको निर्वाचन समेत जितेका थिए ।
बुद्धभूमि नगरपालिकामा नेपाली काँग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ५ वटा वडा जितेको छ ।
१० वटा वडा रहेको नगरपालिकामा नेकपा एमालेले ४ वटा वडा र जसपाले एउटा वडा जित्न सफल भएको छ ।
प्रतिक्रिया 4