
काठमाडौं । डा. खगराज बरालद्वारा लिखित गैरआख्यान अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरु’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
पुस्तकमा लेखक बरालको अनुभव र भोगाइ समेटिएका छन् । यस पुस्तकमा विभिन्न विषय र क्षेत्रका २० शीर्षकमा आत्मपरक निबन्ध समेटिएका छन् ।
बराल गीत, कविता, कथा र समालोचना लेखनमा सक्रिय छन् । ‘श्रमिक बराल’को नामबाट कलम चलाउने बरालको यसअघि सातवटा पुस्तक प्रकाशित छन् ।
३२४ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ तोकिएको छ । शिखा बुक्सले यसलाई बजारमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4