+

फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै

२०७९ भदौ  १० गते ९:४० २०७९ भदौ १० गते ९:४०
फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै

१० भदौ, काठमाडौं । आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ ।

अगष्ट ३० देखि सेप्टेम्बर ४ सम्म हुने प्रतियोगितामा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषमा विकास कुमालले ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना लामाले ५० र १०० मिटर ब्रेस्टस्ट्रोक तथा अनुश्रीया तण्डुकारले ५० र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती पेश गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा ओङडेन लामा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य दीपेन्द्र विष्ट र नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बिहीबार कार्यक्रमबीच बिदाइ गरे ।

पौडी खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय