+
+

चुनावी सुरक्षाबारे मानव अधिकार आयोगको चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १७:०७

४ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चुनावी सुरक्षाबारे सुरक्षा अधिकारीहरुसँग छलफल गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए । सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा पनि उनले जोड दिए ।

सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौतीलाई ख्याल गरेरै सुरक्षा तयारी गरिएको बताएका छन् ।

छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवम् सुरक्षा निकायका अधिकृत लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?