+

आयोजक मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

२०७९ चैत  १८ गते १८:३० २०७९ चैत १८ गते १८:३०
आयोजक मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा घरेलु टोली  मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको शमसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो ।

पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय लक्ष्य घरेलु टिम विराटनगरले १० ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । घरेलु टोलीका लागि विराटनगरका अनुभव श्रीवास्तवले २५ बनाए । विधान गोस्मीले २२ रन र  विपिन श्रवणले १९ रनको योगदान दिए ।

कानपुरका निकासन कसेबले ३ विकेट, हिमान्सु पाठक र मन्दिप यादवले समान १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ ओभर ३ बलमा १० विकेट गुमाई ९७ रनमा अलआउट भयो । कानुपुरका हिमान्सु पाठकले ३३ रन, दिपम कुमारले ११ रन र  मन्दिप यादवले १२ रन बनाए ।

विराटनगरका प्रशान्त कुमारले ३ विकेट लिए भने रन्जित कुमार र   अनिमेषले समान २–२ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका अनुभव श्रीवास्तव घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले स्तब्ध बनाउँदै मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ । शनिबार दिउँसो वर्षा परेपछि दुवै टिमको सहमतिमा ५ ओभरमा खेल भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको मिल्स एकेडेमीले ५ ओभरमा ४ विकेट गुमाइ १ सय रनको योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाए । मोहित चन्दनले १९ रनको योगदान दिए ।

कटहरीका अमलन यादवले ३ विकेट लिए  ।  पंकज कुमारले १ विकेट लिए ।

१ सय १ रनको विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो । कटहरीका सम्राट राईले २४ रन, पंकज कुमारले १६ रन बनाए ।

मिल्सका तानिस कुमारले २ विकटे र  विकास लोनियाले १ विकेट लिए ।

म्यान अफ द म्याच मिल्सका अभिनन्द कुमार घोषित भए ।

आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र  वाईआरसीस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगर बिच हुनेछ ।

मिल्स कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय